Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

निर्वाचन आयोगद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

Advertisement

Advertisement

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।
आयोगले न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ भने न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।
नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ आवश्यक तयारीका कामहरू तीव्र रूपमा अगाडि बढाइएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.