Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

नेपाली नागरिकलाई अमेरिकी भिसामा धरौटी अनिवार्य

Advertisement

Advertisement

काठमाडौँ। अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी रकम राख्नुपर्ने देशहरूको सूचीमा समेटेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार आगामी जनवरी २६ तारिखदेखि बी–वान (व्यावसायिक) र बी–टु (पर्यटक) भिसा लिन चाहने नेपाली नागरिकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी (भिसा बन्ड) पेश गर्नुपर्ने भएको छ।
भिसाका लागि हुने अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले आवेदकको व्यक्तिगत अवस्था, यात्रा उद्देश्य र अन्य विवरणको आधारमा धरौटीको रकम निर्धारण गर्नेछन्। धरौटी राख्दैमा भिसा स्वीकृत हुने सुनिश्चित भने नहुने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ।
अमेरिकाले हालसम्म ३८ देशका नागरिकका लागि यस्तो प्रावधान लागू गरेको छ। यस सूचीमा दक्षिण एसियाबाट बंगलादेश र भुटान पनि परेका छन्।
अमेरिकाको यात्रा गरेर तोकिएको समयभित्र स्वदेश फर्किएमा वा भिसा कायम रहेको अवधिभित्र अमेरिका यात्रा नगरेमा धरौटी रकम फिर्ता हुने व्यवस्था छ। त्यस्तै, भिसा प्राप्त भए पनि अमेरिका प्रवेशको अनुमति नपाएको अवस्थामा पनि धरौटी रकम फिर्ता हुने जनाइएको छ।
यसैगरी, बी–वान/बी–टु भिसावाहकका लागि अमेरिका प्रवेश र बहिर्गमन गर्न तोकिएका विमानस्थल पनि सीमित गरिएको छ। बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बीओएस), न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टनको डलस अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) बाहेक अन्य विमानस्थल प्रयोग गरी प्रवेश वा बहिर्गमन गर्न नपाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.