Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

फागुन २१ को निर्वाचन: बागलुङमा १ लाख ९३ हजार ३८१ मतदाता कायम

Advertisement

Advertisement

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ जिल्लामा कुल १ लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार तीमध्ये ९४ हजार ८०६ जना पुरुष र ९८ हजार ५७४ जना महिला मतदाता रहेका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली दर्ता अभियानमा १६ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता उल्लेख्य रहेको जानकारी दिए। उनका अनुसार यस अवधिमा जिल्लाभर ५ हजार २५३ जना नयाँ मतदाता थपिएका छन्।
मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये अधिकांश नयाँ पुस्ताका युवा रहेको बताउँदै प्रमुख रिजालले निर्वाचन प्रक्रियामा युवाको आकर्षण बढ्दै गएको संकेत भएको बताए। यसैबीच, जिल्लाबाहिर रहेका करिब १०० मतदाताले समेत बागलुङबाट नामावली दर्ता गराएका छन्।
उनका अनुसार जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भई १ हजार ४६४ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचय प्रणालीमार्फत ३ हजार ९२९ जनाले मतदाता नामावलीमा नाम समावेश गराएका हुन्। राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत नाम दर्ता प्रक्रिया सहज बनेपछि सेवाग्राहीको सहभागिता बढेको उनको भनाइ छ।
“नामावली दर्ता गराउने धेरैजसो नयाँ युवा पुस्ता हुन्। राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गर्न मिल्ने व्यवस्था आएपछि प्रक्रिया अझै सरल भएको छ,” प्रमुख रिजालले भने।
बागलुङ जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा ४८ मतदानस्थलका ११५ मतदान केन्द्रमार्फत ९८ हजार ८४६ जना मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा ५९ मतदानस्थलका ११५ मतदान केन्द्रमार्फत ९५ हजार ३३५ जना मतदाता मतदानका लागि सूचीकृत छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.