Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता

Advertisement

Advertisement

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ।
यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणका मुद्दा फिर्ता हुनेछन्। विशेष गरी जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा यस निर्णयपछि फिर्ता हुनेछ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता लिने गरी मात्र अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको हो, यसलाई सम्पूर्ण मुद्दा फिर्ता लिएको रूपमा बुझ्न नहुने बताउनुभयो।
यसैगरी रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेका संगठित अपराधका मुद्दा पनि फिर्ता हुनेछन्। तर चितवन जिल्ला अदालतमा यी दुई अभियोग नचलेकाले त्यहाँ अभियोगपत्र संशोधनको निर्णय गरिएको छैन।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.