Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

यस क्षेत्रका समस्या सिंहदरबार पुर्‍याउँछु”: बागलुङ क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार पौडेल

Advertisement

Advertisement

गलकोट, बागलुङ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले आफ्नो औपचारिक प्रचारप्रसार तथा घरदैलो अभियान सुरु गरेको छ। अभियानको शुभारम्भ गलकोट नगरपालिका वडा नम्बर १ बाट गरिएको पार्टीले जनाएको छ।

समृद्ध बागलुङको आवाज सिंहदरबार पुर्‍याउने उम्मेदवार पौडेलको प्रतिबद्धता

​घरदैलोका क्रममा मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार टेकराज पौडेलले देशको विकास र लोकतन्त्रको स्थायी रक्षाका लागि कांग्रेसको विकल्प नभएको बताउनुभयो। उहाँले नेपालको संविधानलाई सही बाटोमा ल्याउन र समृद्ध नेपाल निर्माणका लागि रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गर्नुभयो।

​उम्मेदवार पौडेलले भन्नुभयो— “यस क्षेत्रको भौगोलिक र सामाजिक विकासका लागि यहाँका समस्याहरूलाई म सिंहदरबारको नीति निर्माण तहसम्म पुर्‍याउनेछु। समृद्ध बागलुङ निर्माणका लागि म सधैँ कटिबद्ध रहनेछु।”

नेतृत्वको उपस्थिति र समर्थन

​अभियानमा सहभागी गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन र समानुपातिक उम्मेदवार रेणुका काउचाले पनि वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीको एजेण्डाका बारेमा मतदाताहरूलाई जानकारी गराउनुभएको थियो।

अभियानको कार्यतालिका

​नेपाली कांग्रेस जिल्ला सह-सचिव फम बहादुर खत्रीका अनुसार वडा नम्बर १ बाट सुरु भएको यो प्रचारप्रसार अभियान भोलि गलकोट नगरपालिकाको वडा नम्बर ३ र ४ मा सञ्चालन गरिनेछ।

​वडा नं. १ का सभापति हेम बहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन प्रदेश ‘क’ का सभापति तिलक घर्तीले गर्नुभएको थियो। फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा गलकोट क्षेत्रमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.