Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गलकोट–१ दुदिलाभाटीमा वाम मोर्चाको संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना

Advertisement

Advertisement

नेकपा र राष्ट्रिय जनमोर्चाको साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ लाई विजयी गराउने उद्देश्यसहित गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा संयुक्त निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ।
सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सदस्य गुमान सिंह बुढाथोकी र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य लालबहादुर रानाले मुलुकले प्राप्त गरेको राजनीतिक उपलब्धिको रक्षा गर्न वामपन्थी शक्तिहरूको विजय अपरिहार्य रहेको बताएका छन्। उनीहरूले संविधान, गणतन्त्र र संघीयताको संरक्षणका लागि वाम शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
वक्ताहरूले वाम मोर्चाका संयुक्त उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ लाई वडा नं. १ सहित बागलुङ क्षेत्र नं. २ बाट अत्यधिक मतसहित विजयी गराउन सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकलाई एकजुट भएर लाग्न आह्वान गरे।
कार्यक्रमकै अवसरमा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न रनबहादुर विश्वकर्माको संयोजकत्वमा र जीवन भण्डारीको सह–संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।
नेकपाले संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि यसपटकको निर्वाचन जित्नुको विकल्प नरहेको स्पष्ट पारेको छ। पार्टीले विगतमा गरेको आन्दोलन र संघर्षकै कारण महिला, दलित, अल्पसंख्यक, मुस्लिम र जनजातिलगायत राज्यबाट पछाडि पारिएका समुदायले विशेष अधिकार प्राप्त गरेको भन्दै ती उपलब्धिहरूलाई आम नागरिकसम्म पुर्‍याउनु आवश्यक रहेको निष्कर्ष निकालिएको बताइएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.