Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

बागलुङ क्षेत्र नं २ मा काँग्रेसको चुनावी सक्रियता, टेकराज पौडेलले विकास र जनअधिकारमा जोड

Advertisement

Advertisement

बागलुङ – नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं २ मा चुनावी प्रचार-प्रसारलाई तीव्र बनाएको छ। प्रत्यक्ष उम्मेदवार टेकराज पौडेल र समानुपातिक उम्मेदवारलाई विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सक्रिय छन्।
आज गलकोट नगरपालिका वडा नं ५ हरिचौर, वडा नं ६ जंगरा र वडा नं ९ बाँसखोलामा मतदाता भेटघाट र प्रचार कार्यक्रम सम्पन्न भएको छ। सहसचिव फम बहादुर खत्रीका अनुसार, कार्यक्रममा नेता तथा कार्यकर्ताले स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट गरी गुनासा सुन्ने र पार्टीका प्रतिवद्धता साझा गरेका छन्।
उम्मेदवार टेकराज पौडेलले कार्यक्रममा भने, “गलकोट र आसपासका क्षेत्रका विकासका लागि आवश्यक सेवा र योजना पहिले तयार छन्, तर प्रभावकारी रूपमा कार्यन्वयन हुन सकेको छैन। यसलाई प्राथमिकतामा राख्दै जनताको वास्तविक आवश्यकतामा केन्द्रित भएर काम गर्नेछौं। लोकतन्त्र, विकास र जनताको अधिकारको रक्षा हाम्रो मुख्य लक्ष्य हो।”
काँग्रेस महाधिवेशन प्रतिनिधि मञ्जेश बम मल्लले पनि कार्यक्रममा मन्तव्य राख्नुभयो। पार्टीले आगामी दिनहरूमा सबै ४८ वडाका घरदैलोमा पुग्ने कार्यक्रम जारी रहने जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.