Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

नेकपा एमालेले बागलुङ–२ मा चुनावी सम्पर्क कार्यालय स्थापना

Advertisement

Advertisement

बागलुङ, माघ २२ – नेकपा एमालेले बागलुङ क्षेत्र नं. २ मा आफ्नो प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउन गलकोट नगरपालिका वडा नं. २, नरेठाँटीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ।
बिहीबार बसेको पार्टी कमिटी बैठकले टंक कार्कीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। सह–संयोजकमा रामबहादुर थापा रहेका छन्। कार्यक्रममा गण्डकी प्रदेश सदस्य बुलबहादुर केसी, जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, नगर कमिटी उपाध्यक्ष ईश्वर बोहोरा क्षेत्री र पूर्व वडा कमिटी अध्यक्ष होम बहादुर थापाले मन्तव्य राखेका थिए।
पार्टीले आफ्ना कार्यकर्तालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुन अपिल गर्दै वर्तमान चुनाव देश बनाउने र जलाउने बीचको प्रतिस्पर्धा भएको बताएको छ। मुलुकको समृद्धि र विकासका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन पार्टीले जोड दिएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.