Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

भयरिखर्कमा स्वास्थ्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

Advertisement

Advertisement

i

गलकोट नगरपालिका वडा नं. ४, भयरिखर्कमा स्वास्थ्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फेयरमेड नेपाल र नेपाल गाजा डेभलपमेन्ट बागलुङको साझेदारीमा सञ्चालित सम्बोधन प्रोजेक्टको आयोजनामा तथा बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा व्यक्तिगत तथा वातावरणीय सरसफाइ र मौसमी रोगसम्बन्धी विभिन्न जानकारी समुदायस्तरमा प्रदान गरिएको थियो। ‘सम्बोधन प्रोजेक्ट’की सामुदायिक परिचालक सिर्जना विकले हात धुने तरिका र त्यसका फाइदाबारे सहजीकरण गर्नुभएको थियो।

स्वास्थ्य केन्द्रका प्रमुख गणेश सुनारले डेंगु, स्क्रव टाइफस, टाइफाइड, झाडापखाला जस्ता मौसमी तथा पानीजन्य रोग, पानीको गुणस्तर मापन, गर्भावस्थामा देखिने खतराका लक्षण, नियमित परीक्षण, सर्पदंशको प्राथमिक उपचार तथा जिवनजल बनाउने तरिकाबारे जानकारी दिनुभएको थियो।

कार्यक्रममा सहभागी गर्भवती महिलालाई गलकोट नगरपालिका स्वास्थ्य शाखाबाट उपलब्ध फोटो फ्रेम हस्तान्तरण गरिनुका साथै ४० जना सहभागीलाई जुकाको औषधि र हात धुने साबुन वितरण गरिएको थियो।

स्वास्थ्य आमा समूहकी अध्यक्ष मनमाया नेपालीको अध्यक्षता र महिला स्वास्थ्य स्वयंसेविका दुर्गा शावत नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.