Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

गुल्मीमा पहिरोले गोठ भत्किँदा एक हल गोरु मृत

Advertisement

Advertisement

गुल्मी जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ स्थित ग्वादी गाउँमा आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले एक घरको गोठ भत्किँदा एक हल गोरु मरेका छन्।

स्थानीय छविलाल विश्वकर्माको एकनाले गोठ पहिरोले पूर्ण रूपमा भत्किएपछि गोठभित्र बाँधिएका एक हल झक्कड बर गोरुको घटनास्थलमै मृत्यु भएको हो।

रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन। “बिश्वकर्माको परिवार सकुशल छ, तर गोठ पूर्ण रूपमा ध्वस्त भएको र गोरु मरेको पुष्टि भएको छ,” अध्यक्ष ज्ञवालीले बताए।

गोठ भत्किएको स्थान पहिरो जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले स्थानीयवासीलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ। हालसम्म अन्य क्षतिको विवरण प्राप्त भइसकेको छैन।

गत केही दिनदेखि लगातार वर्षा जारी रहेकाले जिल्लाका विभिन्न स्थानमा साना पहिरोका घटनाहरू भइरहेका छन्। स्थानीय प्रशासन र पालिकाले संभावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.