
गलकोट । रोट्रयाक्ट क्लब अफ गलकोट नगरपालिकाको छैठौँ पदस्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ बागलुङका पूर्व अध्यक्ष रोटरीयन दिपेन्द्र घिमिरेले युवाद्वारा सञ्चालित यस्ता क्लवलहरुले गलकोटको विकास र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको बताउनुभयो ।
रोट्रयाक्ट क्लब २०२४/२५ की अध्यक्ष लक्ष्मी पुनले आफ्नो कार्यकालको प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्दै सहयोग गर्ने सबै सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभयो । सोही अवसरमा २०२५/२६ का पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।
पूर्व अध्यक्ष अनिल श्रेष्ठले आफ्ना स्व. हजुरबुबा पद्म नारायण श्रेष्ठको स्मृतिमा चमुवा आधारभूत विद्यालयका दुई छात्रालाई छात्रवृत्ति वितरण गर्नुभयो । साथै तत्कालीन अध्यक्ष पुनले “एक कदम आशा” सिग्नेचर प्रोजेक्ट घोषणा गर्दै वार्षिक ७ हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा शिक्षा अधिकृत शिव खड्का, नगर अस्पताल प्रमुख डा. राजेश पौडेल, सहकारी प्रवन्धक मिना ताम्राकार श्रेष्ठ, जेटआरआर श्रीनाथ वाग्ले, रोट्रयाक्ट क्लब अफ पोखराका पूर्व अध्यक्ष गौरव सुवेदीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम २०२४/२५ की अध्यक्ष लक्ष्मी पुन र २०२५/२६ का अध्यक्ष नविन सुवेदीको संयुक्त अध्यक्षता, पूर्व अध्यक्ष अनिल श्रेष्ठको स्वागत तथा सचिव मदन शर्मा र अर्जुन गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


