Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

सामाजिक सञ्जालमा रोकको विरोधमा बागलुङमा जेनजीको प्रदर्शन

Advertisement

Advertisement

बागलुङ — सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाउने सरकारी कदमको विरोधस्वरूप जेनजी समूहले सोमबार बागलुङ बजारमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले सरकार भ्रष्टाचारमा डुबेको र नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका थिए। उनीहरूले नेताका छोराछोरी र सर्वसाधारण नागरिकको जीवनस्तरबीचको ‘आकाश–जमिनको अन्तर’ को कारण खोजी गर्नुपर्ने माग समेत राखे।

क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरू कलेजको पोशाकमै प्रदर्शनमा उत्रिएका थिए। बजार परिक्रमा गर्दै युवाहरूले भ्रष्टाचार विरोधी नारा लगाएका थिए भने राजनीतिक नेतृत्वप्रति पनि असन्तुष्टि प्रकट गरेका थिए।

शान्तिपूर्ण प्रदर्शनलाई व्यवस्थित बनाउन जिल्ला प्रहरीले पर्याप्त सुरक्षाकर्मी खटाएको थियो। विरोध ¥यालीपछि आयोजित कोणसभामा सहभागीहरूले राज्यले युवाहरूको माग सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

युवाहरूले यस आन्दोलनलाई सुशासन कायम गराउने पहलको रूपमा अर्थ्याएका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.