Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

शुक्रबार सुनमा ६ सय रुपैयाँको वृद्धि

Advertisement

Advertisement

शुक्रबार नेपाली बजारमा सुनको भाउ पुनः ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य सोही दिन पनि ६ सय रुपैयाँले बढेको थियो। पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको महासंघले जनाएको छ। यसअघि असोज ३१ गते सुनको भाउले ऐतिहासिक २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो।

यस्तै, चाँदीको भाउ पनि आज १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँमा पुगेको छ। असोज ३१ गते चाँदीले प्रतितोला ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.