काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेक बहादुर पुन मगरले राजनीति र समाज परिवर्तनका लागि श्रम, इमानदारी र निरन्तर प्रयास आवश्यक रहेको बताएका छन्।
उनले जनताको विश्वास भाषण वा नाराबाट होइन, व्यवहारिक र परिणाममुखी कामबाट मात्रै जित्न सकिने बताए। विगतका वर्षहरूमा धेरै आश्वासन दिइए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ।
पुन मगरका अनुसार नेतृत्वले आफ्ना कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ। उनले राजनीति सेवामुखी हुनुपर्ने धारणा व्यक्त गर्दै व्यक्तिगत सुविधा वा लाभको साधनका रूपमा प्रयोग हुनु नहुने उल्लेख गरे।
उनले युवालाई श्रम र सीपमा भरोसा गर्न आग्रह गर्दै परिवर्तन बाहिरबाट होइन, व्यक्तिबाटै सुरु हुने बताए। रास्वपाले आश्वासनभन्दा कार्ययोजना र परिणामलाई प्राथमिकतामा राखेर अघि बढ्ने नीति लिएको उनले बताए।
टेक बहादुर पुन मगरको भनाइ : राजनीति परिणाममुखी हुनुपर्छ


