Niluwa Online Khabar

२०८३ जेष्ठ १७ गते
२०८३ जेष्ठ १७ गते

गलकोटमा पशु चिकित्सक चिन्तामणि शर्माको नेतृत्वमा निःशुल्क पशु स्वास्थ्य शिविर

Advertisement

Advertisement

गलकोट।
गलकोट नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको आयोजना र गलकोट नगरपालिका पशु सेवा शाखाको समन्वयमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।
नगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार शिविरमा पशु चिकित्सक चिन्तामणि शर्माको नेतृत्वमा विशेषज्ञ टोलीबाट पशु उपचार, परामर्श तथा रोग पहिचानसम्बन्धी सेवा प्रदान गरिनेछ। पशुपालक किसानहरूले आफ्ना पशु चौपायामा देखिएका समस्या लिएर उपस्थित भई निःशुल्क सेवा लिन सक्नेछन्।
शिविर २०८२ साल पौस २३ गते बुधबार सञ्चालन हुनेछ। शिविरको स्थान गलकोट नगरपालिका–४ स्थित वडा कार्यालय ओखरबोट तोकिएको छ। समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ।
गलकोट नगरपालिकाले सबै पशुपालक किसान तथा सरोकारवालाहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई निःशुल्क पशु स्वास्थ्य शिविरको लाभ लिन आग्रह गरेको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.