Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

कांग्रेस विशेष महाधिवेशनले बागलुङमा उत्पन्न गर्‍यो फरक धारणा

Advertisement

Advertisement

काठमाडौंमा पुस २७ र २८ गते हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर बागलुङ जिल्लामा पार्टी नेताहरूबीच फरक–फरक धारणा देखिएको छ। जिल्लाका केही नेताहरूले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् भने केही नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन्।
जिल्ला उपसभापति तारानाथ पौडेल र सचिव हरिहर शर्मासहित विभिन्न तहका १२ जना नेताले संयुक्त रूपमा पत्र जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। उनीहरूका अनुसार विशेष महाधिवेशनले पार्टीको भावी दिशा तय गर्नेछ।
पत्रमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जोकलाल बुढा मगर, क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का सभापति दलबहादुर श्रीस राना, क्षेत्र नम्बर २ प्रदेश सभा (क) का सभापति तिलक घर्ती मगर, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा (बाबु), जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, गलकोट नगरपालिकाका सभापति वीरजंग भण्डारी, काठेखोला गाउँपालिकाका सभापति यामदत्त कँडेल, बरेङ गाउँपालिकाका सभापति तुलसीराम पौडेल र ताराखोला गाउँपालिकाका सभापति कमलापति पाठकको हस्ताक्षर रहेको छ।
पत्रमा नेपाली कांग्रेसले विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन आह्वान गरेको उल्लेख गर्दै जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौंमा उपस्थित हुन आग्रह गरिएको छ।
यता जिल्ला सभापति जितबहादुर शेरचन, अर्का उपसभापति सागर छन्त्याल, सचिव गण्डकी थापा अधिकारीलगायत केही नेताहरू भने नियमित महाधिवेशनको पक्षमा रहेको एक नेताले जानकारी दिएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.