Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Advertisement

Advertisement

गलकोट नगरपालिका–१० स्थित घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभामा बोल्दै गलकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष भक्तबहादुर काउचाले सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सहकारीमार्फत बचतको प्रवर्द्धन, लगानी विस्तार र आत्मनिर्भरता अभिवृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवामा जोड दिँदै अझ प्रभावकारी बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, साधारणसभा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण पदाधिकारी, सदस्य तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सभामा सहकारीको अध्यक्ष प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो। हाल सहकारीमा ३०० जना बाल बचतकर्ता र ६५१ जना सेयर सदस्य आबद्ध रहेका छन्। आर्थिक विवरण प्रस्तुत गर्दै सदस्य गिरीप्रसाद घर्तीले चालु आर्थिक वर्षमा सहकारीको कुल आम्दानी ४४ लाख ३४ हजार ५१३ रुपैयाँ, कुल खर्च ४१ लाख ४८ हजार ८५१ रुपैयाँ रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सहकारीले २ लाख ८५ हजार ६६१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सेयर बचत ३२ लाख २८ हजार ८०० रुपैयाँ पुगेको छ।
साधारणसभाको अवसरमा एकल महिला, ज्येष्ठ महिला तथा पुरुष, बाल बचततर्फ १२ कक्षा उत्तीर्ण विद्यार्थी, असल ऋणी तथा पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष भक्तबहादुर काउचा, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल, सप्तरङ्गी बचत तथा ऋण सहकारीका प्रबन्धक दीप घर्ती, महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुनलगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको निरन्तर प्रगतिको कामना गर्नुभयो।
कार्यक्रम पान्डबखानिकि स्वस्थ्य चौकी प्रमुख रत्ना सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष चन्द्रकुमारी श्रीसको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोषाध्यक्ष तेजकुमारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कर्णकुमारी काउचाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साधारणसभाले अध्यक्ष चन्द्रकुमारी श्रीसकै नेतृत्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.