काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लाग्दै फेरि नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। चाँदी अघिल्लो दिनको तुलनामा १ सय ४५ रुपैयाँले महँगिएको हो। हिजो चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव, मुद्रास्फीति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण सुन–चाँदीको मूल्य लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।
सुन–चाँदीको मूल्यले फेरि तोड्यो रेकर्ड


