हिजो घटेको सुनको भाउ आज सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो। यसअघि बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार चाँदी आज तोलामा १ सय ६० रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो।
सुन २ लाख ७७ हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो


