Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

बागलुङ क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराए

Advertisement

Advertisement

बागलुङ, माघ ६, २०८२ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
विहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता प्रक्रियामा विभिन्न दलका उम्मेदवारले भाग लिएका थिए। नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, प्रजातन्त्र पार्टी (राप्रपा) बाट अञ्चल शाही, मंगोलनेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, जसपाबाट पूर्णबहादुर घर्ती मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुनले पनि उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालका अनुसार, यस क्षेत्रमा ५९ मतदानस्थलमा ११५ मतदान केन्द्र छन् र ९५,३३५ जना मतदाता रहेका छन्।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.