Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

उच्च मूल्यपछि सुनको भाउ ओरालो, चाँदी पनि सस्तो

Advertisement

Advertisement

अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य गिरावटको प्रभावस्वरूप स्वदेशी बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर रहेको छ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै बिहीबार ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.