Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो

Advertisement

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उच्च स्तर छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो, जुन त्यस दिन २ हजार ९ सय रुपैयाँले घटेको मूल्य हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा देखिएको जनाएको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
उनका अनुसार विश्वव्यापी राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाएका छन्, जसले अन्तर्राष्ट्रिय बजारमा माग र मूल्य दुवै बढाएको छ ।
यसैबीच, चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँले बढी हो । हिजो चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.