Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

पुरानै राजनीतिलाई चुनौती दिँदै सोम शर्मा चुनावी मैदानमा

Advertisement

Advertisement

बागलुङ। देशभर बढ्दो महँगी, युवाको बेरोजगारी, वैदेशिक पलायन र जनतामा फैलिँदो निराशाबीच बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. २ मा नयाँ आशा र विश्वास बोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा चुनावी मैदानमा उत्रिएका छन्।
दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा, सुनको भाउ कीर्तिमानी उचाइमा पुग्दा र सर्वसाधारणको जीवन झनै कठिन बन्दै गएको अवस्थामा पुराना राजनीतिक दल र नेतृत्वप्रति जनताको भरोसा कमजोर बन्दै गएको देखिन्छ। यही पृष्ठभूमिमा शर्माले “अब भाषण होइन, काम चाहिन्छ” भन्ने सन्देशसहित आफूलाई जनताको प्रतिनिधिका रूपमा अघि सारेका हुन्।
राजनीतिक शास्त्र र पत्रकारितामा स्नातक अध्ययन गरेका शर्मा पेशाले आईटी टेक्निसियन तथा आधुनिक कृषि विशेषज्ञ हुन्। उनी ‘आम युवा’ र ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ अभियानका संस्थापकसमेत हुन्। लामो समयदेखि नागरिक खबरदारी, भ्रष्टाचारविरुद्धको आवाज र विभिन्न आन्दोलनमा सक्रिय रहँदै आएका शर्माले सडकदेखि संसदसम्म जनताको मुद्दा उठाउने प्रतिबद्धता जनाएका छन्।
कोरोना महामारी, विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा सामाजिक सेवामा सक्रिय सहभागिता जनाउँदै आएका शर्मा आन्दोलनका क्रममा घाइतेसमेत भएका थिए। उनले भोगेका संघर्ष र पीडाले आम नागरिकको अवस्था बुझ्न मद्दत गरेको उनका समर्थकहरूको भनाइ छ।
स्थानीय स्तरमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, युवालाई उद्यमतर्फ आकर्षित गर्ने नीति तथा पारदर्शी शासन प्रणाली आफ्नो प्राथमिकता रहेको शर्माले बताएका छन्। “बागलुङको आवाज कमजोर हुन दिन्न, संसदमा गम्भीर र निर्भीक रूपमा उठाउँछु,” उनको भनाइ छ।
“बागलुङ क्षेत्र नं. २ को आवाज, अबको संसदको गर्जन” भन्ने नारासहित उम्मेदवारी दिएका शर्मालाई परिवर्तन चाहने युवापुस्ताको साथ बढ्दो देखिएको छ। जनताले यसपटक व्यक्ति होइन, विचार र काम हेरेर मत दिने संकेत देखिन थालेको विश्लेषकहरूको भनाइ छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.