Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

एमाले निसिखोलाको विस्तारित बैठक सम्पन्न

Advertisement

Advertisement

नेकपा एमाले निसिखोला गाउँकमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलको संयोजकत्वमा ३ सय ११ सदस्यिय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ। गाउँकमिटि अध्यक्ष भूमिराज गौतम सचिव रहेको सो कमिटिमा निसिखोला गाउँपालिका भित्र रहेका जिल्ला कमिटि, गाउँकमिटि र वडा कमिटिका सदस्य तथा टोल कमिटिका संयोजक तथा जनवर्गिय संगठनका प्रमुखहरु सदस्य रहने एमालेले जनाएको छ ।

बैठकले जिल्ला कमिटि सदस्य भोटु चन्द संयोजक तथा अनेमसंघ निसिखोलाका अध्यक्ष रुपा कुमारी पौडेल सचिव रहेको १ सय ११ सदस्यिय महिला परिचालन कमिटि, युवा संघका प्रदेश कमिटि सदस्य सन्तोष रेग्मी संयोजक, युवा संघ गाउँकमिटि अध्यक्ष नविन थापा सचिव रहेको ५१ सदस्यिय युवा परिचालन कमिटि गठन गरेको छ ।

त्यस्तै निर्वाचनको लागि वडा नं. १ मा थम बहादुर घर्ति, वडा नं. २ मा जुनविक्रम शाहि, वडा नं. ३ मा भोटु चन्द, वडा नं. ४ मा रुद्र पौडेल, वडा नं. ५ मा भूमिराज घर्ति, वडा नं. ६ मा लिल बहादुर बुढा, खुमन थापा र राम बहादुर विक लाई वडा समन्वयको जिम्मेवारी तोकिएको निर्वाचन परिचालन समितिका संयोजक विष्णु भुसालले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले निसिखोला गाउँपालिकामा माघ १९ गते वडा नं. ५ र ६, २० गते वडा नं. ३ र ४, २१ गते वडा नं. १ र २ तथा २२ गते वडा नं. ७ मा वडा स्तरीय भेटघाट सञ्चालन गर्ने तथा २५ गते सबै वडामा एकैसाथ वडा स्तरीय बैठक संचालन गर्ने निर्णय गरेको छ ।

एमाले निसिखोला गाउँकमिटीको विस्तारित बैठकमा प्रतिनिधिसभा क्षेत्र नं. २ की उम्मेदवार मञ्जु शर्मा चालिसेले भौगोलिक विकटतालाई कमजोरी नभई अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभएको छ ।
उहाँले निसिखोला लगायतका दुर्गम क्षेत्रहरूमा पहुँच, सेवा र अवसरको अभावले विकासमा असन्तुलन देखिएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नु आफ्नो प्राथमिकता रहने बताउनुभयो । लामो समय स्वास्थ्य क्षेत्रमा काम गर्दा ग्रामीण तथा पछाडि परेका समुदायका समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै ती अनुभवलाई अब नीति र सेवामार्फत व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चालिसेले विकास केवल पूर्वाधारमा सीमित नहुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र विपन्न समुदायलाई केन्द्रमा राखेर समावेशी विकास आवश्यक रहेको बताउनुभयो । “सेवा पहुँचमा समानता ल्याउनु नै दिगो विकासको आधार हो,” उहाँको भनाइ थियो ।
उहाँले राजनीतिक प्रतिनिधित्वलाई जिम्मेवारीको रूपमा बुझ्दै जनतासँग निरन्तर संवाद, विश्वास र सहकार्यमार्फत परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । स्थानीय आवश्यकता, भूगोल र सामाजिक संरचनालाई ध्यानमा राखेर योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।त्यस्तै प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनले राष्ट्रहितको लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गर्नुभएको छ ।

कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम नेपाली, प्रदेश कमिटि सदस्य टंक पौडेल, जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष विष्णु भुसालले राष्ट्रियता र स्वाधिनताको रक्षा संगै देशको समृद्धिको लागि एमालेको आवश्यकता बढि खड्कीएको भन्दै विभिन्न भ्रम चिर्दै जनतामा पुग्नु सवै पार्टि कार्यकर्ताको दायित्व हुने बताउनु भएको  छ।

बैठकमा वडा इन्चार्जहरुले वडा स्तरको अवस्था जानकारी गराउनुभएको थियो । कार्यक्रम गाउँकमिटि अध्यक्ष भूमिराज घर्तिको अध्यक्षता, उपाध्यक्ष वेग बहादुर कुँवरको स्वागत मन्तव्य तथा सचिव लोकिश्वर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.