गलकोट नगरपालिका–४ स्थित चमुवा आधारभूत विद्यालय मा कक्षा ६ मा अध्ययनरत ३ जना छात्रालाई HPV (Human Papillomavirus) विरुद्धको खोप लगाइएको छ। विद्यालयमा सञ्चालन गरिएको खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रमपछि विद्यालयका प्रधानाध्यापक नवीन सुबेदि ले खोप कार्यक्रम विद्यार्थीहरूको भविष्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“विद्यार्थीहरूको स्वास्थ्य सुरक्षित भए मात्र उनीहरूको शैक्षिक प्रगति सम्भव हुन्छ। यस्ता खोप कार्यक्रमले भविष्यमा हुने गम्भीर रोगबाट बचाउन ठूलो भूमिका खेल्छन्। यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति विद्यालय परिवार आभारी छ।”
उहाँले विद्यालयमा स्वास्थ्यसम्बन्धी सचेतना तथा कार्यक्रमलाई निरन्तरता दिइने समेत जानकारी दिनुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने बौर स्वास्थ्य आधारभूत केन्द्र परिवारप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।
विद्यार्थीहरूको उज्ज्वल, सुरक्षित र स्वस्थ भविष्यका लागि यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने अपेक्षा विद्यालयले गरेको छ।
चमुवा आधारभूत विद्यालयमा HPV खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न


