Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

घुम्टे मञ्चद्वारा बुद्ध जयन्ती, वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला सञ्चालन हुने

Advertisement

Advertisement

घुम्टे मञ्चद्वारा बुद्ध जयन्ती, वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला सञ्चालन गर्ने भएको छ ।

गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा रहेको सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २६ औँ बुद्ध जयन्ती, १८ औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला २०८२ लाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हो ।

मञ्चको बैठकले विविध खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, सती घाटु नाच, सोरठी, यानिमाया, सालैजो लगायतका लोक सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । साथै घुम्टे सिद्धबाबाको दर्शनसहित राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति समेत रहने जनाइएको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन कार्यक्रम संयोजक, खेलकुद संयोजक, सांकृतिक संयोजक, आर्थिक संयोजक चयन गरिएको छ ।

यसैबीच, मञ्चले चैत १४ गते पाण्डवखानीदेखि घुम्टे लेकसम्म सरसफाइ अभियान सञ्चालन गर्ने र सोही दिन प्रत्येक टोल–टोलमा पनि सरसफाइ कार्यक्रम गर्ने सहमति गरिएको छ ।

क्लवका अध्यक्ष दीप घर्तीको अध्यक्षतामा सम्पन्न बैठकले मेलालाई सभ्य एवं भव्य रुपमा सफल बनाउन सम्पूर्ण स्थानीयवासीको सहयोग आवश्यक रहेको बताएको छ ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.