
बहुमुखि आमा समूह, गल्कोट नगरपालिका वडा नम्बर ४, चमुवाले आर्थिक पारदर्शिता र समावेशी नेतृत्वको उदाहरण प्रस्तुत गर्दै आय–व्यय सार्वजनिक गर्दै नयाँ समिति तथा सल्लाहकार समिति गठन गरेको छ।
आज सम्पन्न भेलामा समूहले आर्थिक वर्ष २०७९/८० देखि ०८१/०८२ सम्म ५ लाख रूयैया कोष मा रहेको औपचारिक रूपमा सार्वजनिक गरेको हो।
समूहले वर्षभर महिला सशक्तीकरण, सामाजिक सेवा, बचत कार्यक्रम, सरसफाइ, र स्थानीय सहकार्यका विविध गतिविधिहरू सञ्चालन गर्दै आएको थियो।
नयाँ कार्यसमितिमा निम्न जिम्मेवारीमा चयन भएका छन्:
🔹 अध्यक्ष – मनकुमारी सुवेदी
🔹 उपाध्यक्ष – राधिका सुवेदी
🔹 सचिव – राधिका शर्मा
🔹 कोषाध्यक्ष – सुशीला शर्मा
सह सचिब भगवती सुवेदी
सदस्य :
सूर्यकुमारी सुवेदी, सुनिता सुवेदी, लक्ष्मी सुवेदी कृष्ण सुबेदि,मिना सुबेदि,दिपा सुवेदी,धनमाया न्यैपाने,माया सुबेदि,कल्पना सुवेदी रहनु भएको छ l
त्यसैगरी, समूहलाई मार्गदर्शन प्रदान गर्ने उद्देश्यले गठित सल्लाहकार समितिमा:
🔸 अध्यक्ष – अम्बिका कुमारी क्षेत्री
🔸 सदस्यहरू – रविलाल सुवेदी, विकास सुवेदी, र टिकाराम शर्मा,रूद्र प्रसाद सुवेदी,हेमराज गैरे रहेका छन्।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष मनकुमारी सुवेदीले समूहको पारदर्शिता, सहकार्य र सशक्त महिलाको नेतृत्वलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, युवा क्लब, विद्यालय प्रतिनिधि र आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


