Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

जापानको ओसाकामा ‘स्पाईस गार्डेन’ रेष्टुरेन्ट सञ्चालनमा

Advertisement

Advertisement

जापानको व्यस्त महानगर ओसाको ओसाका स्थित नारामा स्पाईस गार्डेन (Spice Garden) नामक रेष्टुरेन्ट आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। नेपाली स्वाद र विविध परिकारलाई प्राथमिकता दिँदै यो रेष्टुरेन्टलाई गल्कोट नगरपालिका वडा नम्मर ०४ का बिपिन सुवेदी (अञ्जान)र सरिता कँडेलले सुरु गरेका हुन्।

रेष्टुरेन्टमा नेपाली परिकारसँगै भारतीय तथा जापानी स्वादका परिकारहरू पनि उपलब्ध हुने बताइएको छ। विशेषगरी परदेशमा नेपाली स्वाद खोज्नेहरूका लागि यो रेष्टुरेन्ट अर्को आकर्षण बन्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय नेपाली समुदायका प्रतिनिधि, शुभचिन्तक तथा व्यापारीहरू उपस्थित रहेका थिए। उपस्थित शुभेच्छुकहरूले नवनिर्मित व्यवसायलाई निरन्तर सफलता र उन्नतिको शुभकामना व्यक्त गर्दै स्पाईस गार्डेन नेपालीहरूमाझ मात्र नभई जापानी तथा अन्य विदेशी ग्राहकहरूबीच पनि लोकप्रिय बन्ने विश्वास व्यक्त गरे।

संस्थापक सुवेदीले व्यवसायलाई विश्वास, गुणस्तरीय सेवा र ग्राहकमैत्री वातावरणमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई भ्रमण तथा सहयोगका लागि आमन्त्रण गरे।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.