गल्कोट उद्योग वाणिज्य संघले गल्कोट क्षेत्रका बजारहरू महिनामा दुई पटक बन्द गर्ने निर्णय गरेको छ। संघको निर्णयअनुसार हरेक महिनाको दोश्रो र अन्तिम शनिबार बजार बन्द गरिनेछ।
संघका अध्यक्ष ढालिन्द्र प्रसाद गौतमले जारी गरेको अपिलमा भोलि मिति २०८२ भदौ १४ गते, महिनाको दोस्रो शनिबार परेको हुँदा सम्पूर्ण व्यवसायीलाई बजार बन्दमा साथ दिन आग्रह गरिएको छ।
यस्तै चाडपर्व (दशैं र तिहार) नजिकिँदै आएको कारणलाई मध्यनजर गर्दै संघले आगामी कार्तिक महिनाको दोस्रो शनिबारसम्म (२०७९ कार्तिक १४ गतेसम्म) शनिबारका दिन बजार बन्द नहुने व्यवस्था मिलाएको छ।
संघका अनुसार चाडपर्वको समयमा बजार सामान्य रूपमा सञ्चालन हुनेछ भने कार्तिक १५ गते पर्ने दोस्रो शनिबार पुनः बजार बन्द गरिनेछ।
संघले निर्णय कार्यान्वयनमा सबै व्यवसायीहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ।


