
काठमाडौं । राजधानीको ठमेलस्थित टाइगर ट्राभल्स एण्ड टुर्स (प्रा.) लि. ले नेपालभर यात्रा तथा भ्रमण गर्न चाहने पर्यटक र यात्रुहरूलाई लक्षित गर्दै सस्तो र सुविधाजनक भाडा सवारी सेवा सुरु गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक टेक पुन मगर का अनुसार अब टाइगर ट्राभल्समार्फत इलेक्ट्रिक मोटरदेखि पेट्रोल तथा डिजेल इञ्जिनमा आधारित सवारीसाधनहरू सहजै भाडामा लिन सकिनेछ ।
“हामीसँग साना देखि ठूला सवारीहरूको विकल्प उपलब्ध छ । ग्राहकको रोजाइअनुसार मूल्य निर्धारण हुने भएकाले यो सेवा सबैका लागि सहज र किफायती हुनेछ,” मगरले बताए ।
नेपालभित्रको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै कम्पनीले ‘पहिला देश घुमौँ अनि विदेश घुमौँला’ भन्ने नारासहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
विस्तृत जानकारीका लागि इच्छुकले कम्पनीको कार्यालय, ठमेल–१६, काठमाडौं मा सम्पर्क गर्न सक्नेछन् । साथै, फोन, मोबाइल वा WhatsApp/Viber मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।
📞 सम्पर्क विवरण :
फोन : 01-5368709 / 5362395
मोबाइल : +977-9801065518 / +977-9856065518
WhatsApp/Viber : +977-9851065518
ईमेल : tekpuntiger@gmail.com
वेबसाइट : www.tigertravel.com.np


