Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

जापानमा रास्वपाको विशेष अन्तरक्रिया कार्यक्रम, माननीय सोबिता गौतमको प्रमुख आतिथ्यमा

Advertisement

Advertisement

टोकियो (जापान)।
परिवर्तनको यात्रामा युवाको भूमिका र प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राख्दै प्रवास नेपाली सम्पर्क विभाग, जापानले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। यही २०२५ सेप्टेम्बर ५, शुक्रबार, टोकियोस्थित कामाता चौतारो रेस्टुरेन्टमा  आयोजना हुने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय सोबिता गौतम प्रमुख अतिथि रहने भएकी छिन्।

“परिवर्तनमा युवाको भूमिका र प्रवासी नेपालीको योगदान” विषयक अन्तरक्रियामा माननीय गौतमले आफ्ना विचार राख्नेछिन्। उहाँलाई युवापुस्ता तथा प्रवासी नेपालीबीच एक प्रखर वक्ता र आशाको प्रतीकका रूपमा हेरिन्छ।

आयोजक समितिका अनुसार उक्त कार्यक्रममा सहभागी भई विचार आदान–प्रदान गर्ने अवसर पाउनु प्रवासी नेपाली समुदायका लागि गर्वको विषय हो। कार्यक्रममा बेलुकी ५:०० बजेदेखि सुरु हुने जानकारी दिइएको छ।

प्रवास नेपाली सम्पर्क विभाग, जापानले सम्पूर्ण प्रवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.