Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

तिहारपछि सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय गिरावट, तोलामा ११ हजार ६ सय रुपैयाँले सुन सस्तो

Advertisement

Advertisement

तिहार सकिएलगत्तै नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

तिहारअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। सार्वजनिक विदाका कारण बीचमा मूल्य समायोजन गर्न नसकिएको र आइतबारदेखि मात्र नयाँ दर लागू गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ४ गते नै सुनको मूल्य करिब ५ प्रतिशतले घटेको थियो। असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुन अहिले घटेर ४१११ डलरमा आएको छ। (एक औंस बराबर २.४३ तोला हुन्छ।)

नेपालमा असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। तिहारअघि प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ — जसअनुसार तोलामा २६५ रुपैयाँले कमी आएको हो। असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.