Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घट्यो

Advertisement

Advertisement

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार पनि सुनको मूल्य २ हजार रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ। सोमबारको मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ थियो।

सुनको मूल्यसँगै चाँदी पनि सस्तो भएको छ। मंगलबार प्रतितोला चाँदीको मूल्य २ हजार ९२० रुपैयाँ तोकिएको छ, जुन सोमबारको २ हजार ९८० रुपैयाँभन्दा ६० रुपैयाँले कम हो।

व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्य र मागमा आएको कमीका कारण सुनचाँदी सस्तो भएको बताएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.