काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने यसको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।
हालै अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएपछि सुनचाँदीको भाउमा वृद्धि दवाव परेको बताइएको छ ।


