काठमाडौं । आइतबार (कात्तिक १६) सुनको मूल्य पुनः वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले वृद्धि भई बजार मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार पनि सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको थियो। अघिल्लो दिन सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो।
यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


