Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि महायज्ञमा ५ करोड ८२ लाख संकलन

Advertisement

Advertisement

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि बागलुङ नगरपालिका–४ मा सञ्चालन भइरहेको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा हालसम्म रु. ५ करोड ८२ लाख संकलन भएको छ।

कात्तिक २१ गतेबाट शुरू भएको महायज्ञले दिनहुँ रूपमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको आयोजन समिति बताउँछ।

समितिका अनुसार बिहिवारमात्रै रु. १ करोड ६२ लाख संकलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो।
त्यसअघि

बुधबार : रु. १ करोड ५४ लाख ३४ हजार मंगलबार : रु. १ करोड १ लाख सोमबार : रु. ५५ लाख ५४ हजार आइतबार : रु. ३८ लाख
सहयोग संकलन भएको थियो।

देश–विदेशमा रहेका नेपाली तथा बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लामा रहेका दाताहरूले नगद, क्युआर कोड र अन्य माध्यमबाट सहयोग गरिरहेका छन्। एक कोठा निर्माणका लागि रु. ५ लाख ११ हजारको संस्थागत सहयोग पनि प्राप्त भइरहेको आयोजकले जनाएको छ।

महायज्ञमा रु. ५ हजारदेखि रु. ६ लाख ११ हजारसम्म दान प्राप्त भइरहेको छ। संस्थाले यस महायज्ञमार्फत रु. १० करोड संकलन गर्ने लक्ष्य राखेको छ। मानवीय सेवामा सरिक हुँदै दाताहरूले लक्ष्यअनुसार सहयोग गरिरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो।

सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन व्यक्तिहरूको उद्धार, उपचार र पुनःस्थापनाका लागि बनाइँदै गरेको मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।

महायज्ञ कात्तिक २९ गतेसम्म सञ्चालन हुने आयोजन समितिले जनाएको छ। तस्बिर:aadarshasanchar

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.