
गलकोट, बागलुङ – गलकोट नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संयुक्त आयोजना गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय र गलकोट नगरपालिका–४ वडा कार्यालयले गरेको थियो भने सामुदायिक रेडियो गलकोटले सहजीकरण गरेको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विभिन्न सेवा, विकास, सुशासन र सार्वजनिक जिम्मेवारीसम्बन्धी जिज्ञासा तथा प्रश्नहरू उठाएका थिए।
सहभागीहरूले उठाएका प्रमुख प्रश्न
सर्वसाधारण तथा सरोकारवालाहरुले छलफलका क्रममा निम्न विषयहरू उठाएका थिएः
पशु सेवा शाखाबाट लिइने शुल्क के अनुसार लिइन्छ?
भैसी पकेट कार्यक्रमको प्रक्रिया किन स्पष्ट छैन?
विभिन्न सेवामा बिल/भरपाई किन उपलब्ध भएन?
मध्यपहाडी लोकमार्गमा टिप्परले माटो फाल्दा समस्या
किवी र ओखर पकेट क्षेत्रका उत्पादनको बजार व्यवस्थापन कसले गर्छ?
सामुदायिक विद्यालयमा विद्यार्थी कमी
सवारी साधन सञ्चालनमा विभेद
नगर गौरवको योजना के हो?
१ घर १ धारा कार्यक्रम अधुरो किन?
नगरप्रमुखसँग गलकोट निर्माणको भिजन के?
‘सेटिङ’मा हाईड्रोपावर बनेको गुनासो
शान्ति सुरक्षाको अवस्था
फोहोर व्यवस्थापन कसले गर्ने?
माछामा कर किन?
कृषि नीति र निगरानी कमजोर
निलुवामा मर्मत अभावका कारण सडक खाल्डाखुल्डी
नगरपालिकाको भवन निर्माणमा ढिलाइ
अवैध करेन्ट प्रयोग गरी माछा मार्ने समस्या
स्वास्थ्य सेवा राम्रो भए पनि शववाहन शुल्क बढी
कर संकलन प्रभावहीन
कृषि रोजगारी नीति के?
नगर अस्पतालको खर्च सार्वजनिक नगरेको
मूर्तिकलाको आय–व्यय अपारदर्शी
गलकोट बहुमुखी क्याम्पस सहयोग अव्यवस्थित
झोले व्यापारीका कारण शान्ति सुरक्षामा चुनौती
कृषि उपज तथा श्रमिक ज्यालामा एकरूपता नहुँदा समस्या
विद्युत् आयोजनाका कारण सिँचाइ अवरुद्ध
नगर बसको आवश्यकता
कृषि अनुगमन किन भएन?
बालमैत्री नगरपालिका लक्ष्यबारे जिज्ञासा
वृद्धरातातातमा यातायात छुट छ कि छैन?
कृषि उपज संकलन केन्द्र निष्प्रभावी
प्रमुख व्यक्तिहरूको उत्तर र प्रतिवद्धता
उठाइएका प्रश्नहरूको उत्तर तथा स्पष्टीकरण नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर जिसी, शिक्षा अधिकृत शिव खड्का, कृषि शाखा प्रमुख संगिता श्रीस, पशु सेवा शाखा प्रमुख चिन्तामणी शर्मा लगायतका अधिकारीहरूले दिएका थिए।
त्यस्तै नगरप्रमुख गैरे र उपप्रमुख निउरेले नगरको सुशासन, विकास निर्माण, कृषि, शिक्षा तथा पूर्वाधारमा सुधारका लागि प्रतिवद्धता व्यक्त गरेका थिए।
विशेष टिप्पणी र सहजीकरण
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य तथा कान्तिपुरका उपसम्पादक प्रकाश बरालले सार्वजनिक सुनुवाईको आवश्यकताबारे टिप्पणी गरेका थिए।
सवाल–जवाफ सत्रको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा ईपरी न्यूजका सम्पादक विजय रानाले गरेका थिए।
प्रतिवेदन प्रस्तुत र कार्यक्रम सञ्चालन
आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर जिसीले प्रस्तुत गरेका थिए।
यसैगरी कार्यक्रम
वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता
शिक्षा अधिकृत शिव खड्काको स्वागत
स्टेसन प्रमुख शर्मिला रोका मगरको सञ्चालन
मा सम्पन्न भएको थियो।


