Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

पाण्डबखानी र रमुवामा भायानेटको नयाँ OLT जडान, इन्टरनेट सेवा थप प्रभावकारी

Advertisement

Advertisement

गलकोट नगरपालिका–१० अन्तर्गत पाण्डबखानी र रमुवा क्षेत्रमा सञ्चालनमा रहेको भायानेट (Vianet) इन्टरनेट सेवामा सुधार गरिएको छ। सेवामा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले पुरानो OLT उपकरण हटाई नयाँ OLT जडान गरिएको हो।
पाण्डबखानीका सञ्चालक दीप घर्तीका अनुसार नयाँ OLT जडानसँगै पावर क्षमता समेत विस्तार गरी ७ पावरसम्म पुर्‍याइएको छ।

यसले इन्टरनेट सेवाको स्थायित्व र गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो। साथै आगामी दिनमा थप व्यवस्थापन तथा सेवा सुधारका कार्यहरू पनि चरणबद्ध रूपमा अगाडि बढाइने तयारी रहेको जानकारी दिनुभयो।

यसैगरी भायानेटका प्राविधिक सुरेश छन्त्यालले पछिल्लो समय देखिएका धेरै प्राविधिक समस्याहरू समाधान भइसकेको र बाँकी समस्याहरू पनि क्रमशः समाधान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। हाल पाण्डबखानी र रमुवा क्षेत्रमा गरी करिब साढे तीन सय (३५०) इन्टरनेट सेवा प्रयोगकर्ता रहेका छन्।
नयाँ प्रविधि जडानपछि इन्टरनेट सेवा अझ भरपर्दो र प्रभावकारी बन्ने विश्वास स्थानीय सेवाग्राहीहरूले व्यक्त गरेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.