गलकोट नगरपालिका–१० पाण्डबखानीमा अवस्थित पाण्डबखानी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ गठनसँगै अभिभावक भेला सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ समाजसेवी मानसिंह छन्त्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा यसअघि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघमा रही योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तिलक घर्ती चयन हुनुभएको छ। समितिका सदस्यहरूमा शीतला पुन बराल, सुस्मा पुन, बैक, यदुकुमारी थापा, पृथ्वीबहादुर श्रीस, धनबहादुर थापा र भक्तबहादुर काउचा चयन हुनुभएको छ। त्यसैगरी समितिको सदस्य–सचिवमा नरबहादुर सुनार रहनुभएको छ।
त्यसैगरी शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी काउचा चयन हुनुभएको छ। संघका सदस्यहरूमा कर्णकुमारी काउचा, ददिकला थापा नगरकोटी, तुलसी घर्ती, इन्द्रकुमारी सुनार र राजेश विक रहनुभएको छ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नवीन सुनारले गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा अभिभावक–विद्यालयबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
पाण्डबखानी माविमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ गठन


