Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

बौर आधारभुत स्वास्थ्य सेवा केन्द्र गलकोट नगरपालिका वडा नम्वर ४ मा वृक्षरोपण कार्यक्रम सम्पन्न

Advertisement

Advertisement

 

बौर आधारभुत स्वास्थ्य सेवा केन्द्र गलकोट नगरपालिका वडा नम्वर ४ मा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य संस्थाको वातावरण स्वस्थ बनाउने उद्देश्यले बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा लायन्स क्लव अफ बागलुङ गलकोटको सहआयोजानमा स्वास्थ्य सेवा केन्द्रमा आज वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

गलकोट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष, वडा नम्वर ६ का वडा अध्यक्ष, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका, संस्थाका कर्मचारी, स्थानीय गरी ८५ जनाको सहभागिता रहेको वृक्षरोपण कार्यक्रममा स्वास्थ्य संस्थाको २ रोपनी जग्गामा ३५ थरिका बहुउपयोगी मौषमी फलफुल, बोटविरुवा, फुलहरु रोपिएको जनाईएको छ ।

ऊक्त कार्यक्रमा बौर आधारभुत सेवा केन्द्रका प्रमुख गणेश सुनारले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वृक्षारोपणको महत्व, सरसफाईबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि उपशाखा गलकोट नगरपालिका वडा नम्वर ४ ले संस्थालाई फोहोर व्यवस्थापनका लागि विभिन्न रङका ३ थान बाल्टि हस्तान्तरण गरेको छ भने, गोल्डेन फ्युचर सेकेन्डरी बोर्डिङ स्कुल साँस्कृतिक समुहद्धारा सिसिटिभि क्यामेरा र स्ट्रिट लाईट जडान गरिएको छ । कार्यक्रममा खाजाको व्यवस्थापन लायन्स क्लव अफ बागलुङ गलकोटले गरेको थियो ।

कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष तथा बौर आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.