
गलकोट नगरपालिका वडा नं. ४ मा आज विभिन्न सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता, निःशुल्क औषधी तथा आँखा परीक्षण सेवा प्रदान गरिएको थियो l
प्रभु बैंक लिमिटेड गलकोट शाखाद्वारा वडा नं. ४ मा रहेका दलित बालबालिका, दलित ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, अपाङ्ग व्यक्ति लगायत २ सय ५३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव राम बहादुर रोकाले जानकारी दिनुभयो।
यस अवसरमा बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रद्वारा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क जुकाको औषधी वितरण गरिएको थियो।
त्यस्तै, नेपाल नेत्रज्योति संघ गलकोट शाखाले वडा कार्यालयको समन्वयमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा परीक्षण समेत सम्पन्न गरेको छ।
यी कार्यक्रमहरूले स्थानीय नागरिकहरूको स्वास्थ्य तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ।


