Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता नविकरण अभियान, ३३१ जनाले पाए सेवा

Advertisement

Advertisement

गल्कोट नगरपालिका–१० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता नविकरण अभियान निरन्तर चलिरहेको छ। अभियान अन्तर्गत हालसम्म सिद्धथान र रमुवामा पुगेर कुल ३३१ जनाको भत्ता नविकरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष भक्तबहादुर काउचाको अगुवाइमा वडा सचिव ठाकुर तिमिल्सिना र धनसरा बराल, वडा सदस्य कुमार पुन, पशु स्वास्थ्य प्राविधिक सुमन खड्का तथा पत्रकार सुरेश छन्त्यालसहितको टोलीले सेवा उपलब्ध गराएको हो।

वडा अध्यक्ष काउचाका अनुसार अभियान भदौ मसान्तसम्म सञ्चालन हुनेछ। बाँकी लाभग्राहीलाई समयमै वडा कार्यालय उपस्थित भई नविकरण गर्न अनुरोध गरिएको छ।

गाउँमै सेवा पाउँदा वृद्धवृद्धा विशेष खुसी भएका छन्। फोटो नभएकाको त्यहीँ व्यवस्था मिलाइएकाले अझ सहज भएको स्थानीयवासी बताउँछन्। ८७ वर्षीया नरमति घर्तिले भनिन्–
“अब वडा कार्यालयमै धाउनु नपरी गाउँमाै सेवा पाउँदा हामी सबै सजिलै लाभान्वित भएका छौँ।”

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.