Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई समय थप गर्न अनुरोध

Advertisement

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत मतदाता नामावली दर्ताको समय सीमा थप गर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले शुक्रबार दिउँसो कार्यवाहक प्रमुख आयुक्त भण्डारीसँग फोनमा कुरा गर्दै पछिल्लो समय नाम दर्ता गराउनेहरूको संख्या तीव्र रूपमा बढेको, साथै अनलाइन प्रणालीमा पनि अत्यधिक लोड भएको कारण समय थप आवश्यक भएको बताएकी हुन्।

प्रधानमन्त्रीको आग्रहमा सकारात्मक प्रतिक्रिया आएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

यसअघि आयोगले उमेर पुगेका तर नामावलीमा नाम नभएकाहरूलाई ३० कात्तिकसम्म नाम दर्ता गराउन समय निर्धारण गरेको थियो। आयोगका विभिन्न कार्यालयहरूमा भीड बढेपछि आयोगले अनलाइनमार्फत पनि आवेदन लिन थालेको छ।

राष्ट्रिय परिचय पत्र भएकाहरूका लागि आयोगले सञ्चालनमा ल्याएको अनलाइन पोर्टल मार्फत बायोमेट्रिक डेटासँग लिंक गरी अनलाइन फारम भरेरै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ। तर अनलाइनबाट आवेदनको मात्रा अत्यधिक बढेपछि आयोगको सर्भर बेलाबेला अवरुद्ध हुने अवस्था देखिएको छ।

यिनै कारणहरूका आधारमा उमेर पुगे पनि नामावलीमा नाम नथपिएका नागरिकहरू मतदानको अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कार्कीले समय थप गर्न आग्रह गरेकी हुन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.