तमानखोला — नेपाली कांग्रेसले तमानखोला गाउँपालिका वडा नं. ३ र ४ मा चुनावी सभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा कांग्रेसको तर्फबाट टेकराज पौडेललाई विजयी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।
सभालाई सम्बोधन गर्दै टेकराज पौडेलले संविधानको रक्षा, लोकतन्त्रको मजबुती र क्षेत्रको समग्र विकास आफ्नो मुख्य एजेण्डा रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निरज पुन, समानुपातिक उम्मेदवार रेनुका काउचा मगर, प्रदेश सांसद जित शेरचन, दोर्ण कुँवर, दिलमाया पौवी, क्षेत्रीय सभापती जोकलाल बुढा मगर, निसीखोला गाउँपालिकाका सभापती सूर्य बहादुर घर्ती मगर, गण्डकी प्रदेश कोषाध्यक्ष झक बहादुर बुढा र पालिका उपसभापती खिम छन्त्यालले मन्तव्य राखेका थिए।
वडा नं. ३ को कार्यक्रम सभापती प्रकाश पुनको अध्यक्षतामा, गोविन्द बुढा मगरको स्वागत र वडा सचिव रोहित बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यसैगरी, वडा नं. ४ को कार्यक्रममा समानुपातिक उम्मेदवार रेनुका काउचा मगर, प्रदेश सांसद दोर्ण कुँवर, जित शेरचन, दिलमाया पौवी र उपसभापती खिम छन्त्यालको नेतृत्वमा सम्पन्न भएको थियो।
कार्यक्रमका सहभागी नेताहरूले क्षेत्रको समग्र विकास र जनताको हक अधिकारको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्नेमा जोड दिएका थिए। नेपाली कांग्रेसले घरदैलो तथा सभाका माध्यमबाट मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार टेकराज पौडेललाई विजयी बनाउने योजना अघि बढाएको छ।
टेकराज पौडेललाई विजयी बनाउने लक्ष्यसहित तमानखोलामा कांग्रेसको सभा र घरदैलो अभियान


