Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

निलुवा समाज चमुवा जापानको छैठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा विष्णु सुवेदी चयन

Advertisement

Advertisement

गलकोट/जापान ।
निलुवा समाज चमुवा जापानको छैठौँ अधिवेशन गत डिसेम्बर ३१ तारिखका दिन सम्पन्न भएको छ । अधिवेशनबाट विष्णु सुवेदी सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको छ ।
अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा जीआर सुवेदी, उपाध्यक्षमा भूमिराज सुवेदी (विष्णु) र भूमिराज सुवेदी (ठिटो) चयन गरेको छ । यस्तै, महासचिवमा बीपी सुवेदी (जलन), सचिवमा सुशील सुवेदी, कोषाध्यक्षमा अञ्जान सुवेदी तथा सह–कोषाध्यक्षमा केशव सुनार चयन हुनुभएको छ ।

त्यसैगरी प्रवक्तामा राजु सुवेदी (पुरुषोत्तम), युवा संयोजकमा इन्द्र सुवेदी चयन हुनुभएको छ । सदस्यहरूमा ईश्वर सुवेदी, देवेन्द्र सुवेदी, रेशमलाल सुवेदी, धनप्रसाद सुवेदी, प्रताप सुवेदी, सावित्री सुवेदी र अनु सुनार चयन हुनुभएको निर्वाचन समिति संयोजक भोजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ अध्ययन तथा रोजगारीका सिलसिलामा गलकोट नगरपालिका वडा नं. ४ चमुवाबाट जापान पुगेका दाजुभाइ तथा दिदीबहिनीहरूद्वारा सन् २०१५ मा स्थापना गरिएको निलुवा समाज चमुवा जापानले निलुवाको पर्यटकीय विकास र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ ।

संस्थाले निलुवाको विकाससँगै समाजमा आइपर्ने हरेक सुख–दुःखमा हातेमालो गर्दै सामाजिक एकता र सहकार्यलाई मजबुत बनाउँदै आएको छ । नव निर्वाचित कार्यसमितिले आगामी दिनमा संस्थाको उद्देश्य अनुरूप अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.