गलकोट — नेकपा एमाले गलकोट नगर कमिटीले गलकोट नगरपालिका वडा नं. १ मा चुनावी कार्यक्रम सम्पन्न गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङ–२ क्षेत्रका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई बहुमतले विजयी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य तथा गलकोट क्षेत्रका चुनाव प्रचार–प्रसार समितिका संयोजक तिलक उप्रेतीले एमालेले मात्र देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउन सक्ने स्पष्ट संदेश दिनुभयो। उहाँले भन्नुभयो, “एमाले नेतृत्वमा ठूला विकासका काम अघि बढेका छन् र जनताको जीवनस्तर सुधार गर्ने नीति र योजना स्पष्ट छन्। अबको निर्वाचनले मात्र देशलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने अवसर हो।”
उप्रेतीको यो भनाइले कार्यक्रममा उपस्थित सबैको मन जितेको थियो र मतदातामा उम्मेदवारप्रति विश्वास र उत्साह थपिएको कार्यक्रम आयोजकहरूले बताएका छन्।
कार्यक्रममा नेकपा एमाले गलकोट नगर कमिटीका कार्यवाहक अध्यक्ष ईश्वर बोहोरा, टंक चालिसे, र अन्य नेताहरूले मन्तव्य राखे। यस अवसरमा वडा कमिटी उपाध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षतामा ७१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको थियो।
कार्यक्रम नेकपा एमाले वडा कमिटी उपाध्यक्ष हुम बहादुर नेपालीको नेतृत्वमा सम्पन्न भएको थियो।
गलकोट वडा नं. १ मा एमालेको चुनावी कार्यक्रम सम्पन्न, तिलक उप्रेतीले देशको विकास र स्थायित्वको प्रतिबद्धता व्यक्त गरे


