Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

रास्वपाको घरदैलो अभियान गलकोटबाट सुरु, सोम शर्मा मतदाता भेटघाटमा व्यस्त

Advertisement

Advertisement

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गलकोट नगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिएको छ। अभियानको सुरुवात वडा नम्बर ७ बाट गरिएको हो।
आगामी फागुन २१ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार सोम शर्माको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरू घरदैलो अभियानमा सक्रिय बनेका छन्।
स्थानीय मतदातासँग भेटघाट गर्दै उम्मेदवार शर्माले अब पुरानो शैलीको राजनीति परिवर्तन गर्नुपर्ने समय आएको बताउनुभयो। उहाँले जनताको भरोसा जित्ने खालको राजनीति आवश्यक रहेको उल्लेख गर्दै विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शर्माले राजनीति सेवा भावबाट सञ्चालन हुनुपर्नेमा जोड दिँदै जनताको समस्या केवल चुनावका बेला होइन, सधैं समाधान गर्ने प्रयास गरिने बताउनुभयो। साथै, युवालाई रोजगारी, किसानलाई उचित मूल्य र नागरिकलाई गुणस्तरीय सेवा दिलाउने आफ्नो मुख्य लक्ष्य रहेको जानकारी गराउनुभयो।
घरदैलोका क्रममा उठाइएका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि शर्माले दोहोर्‍याउनुभयो।
रास्वपाले आगामी दिनहरूमा गलकोट नगरपालिकाका अन्य वडाहरू तथा बागलुङ क्षेत्र नम्बर २ का विभिन्न स्थानमा घरदैलो अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.