काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । साथै, बालेनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।
हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पुस १३ गते सभापति रवि लामिछाने र मेयर बालेनबीच भएको सहमतिअनुसार संगठनात्मक समायोजन गर्दै उक्त निर्णय गरेको हो । सहमतिअनुसार बालेन समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सह–महामन्त्रीको जिम्मेवारीसमेत पाउने जनाइएको छ ।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।
रास्वपाले यो समायोजनलाई पार्टी सुदृढीकरण र आगामी राजनीतिक यात्रालाई थप प्रभावकारी बनाउने कदमका रूपमा व्याख्या गरेको छ ।
रास्वपाले बालेन पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित, बालेन वरिष्ठ नेता


