बागलुङ, ढोरपाटन – सोमबार दिउँसो २ बजे बागलुङको ढोरपाटन नगरपालिका–५, सहीखोलाबाट बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु १ च ५५७१ नम्बरको पिकअप जिप दुर्घटना भएको छ।
घाइतेहरूमा ढोरपाटन–७ का ४० वर्षीया रेशमाया श्रीस, सोही ठाउँका ८ वर्षीय सरोज श्रीस, निसीखोला गाउँपालिका–६ की १५ वर्षीया मनिषा बुढा मगर, ढोरपाटन–२ की २८ वर्षीया जुना थापा र चालक ढोरपाटन–७ का २८ वर्षीय सुजन घर्ती रहेका छन्।
प्रहरी र स्थानीयले उद्धार गरी सबै घाइतेहरूलाई बुर्तिबाङ अस्पतालमा ल्याएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको मुख्य कारण गाडीको ब्रेक फेल हुनु भएको प्रहरीले जनाएको छ।
बागलुङमा पिकअप जिप दुर्घटना, पाँच जना घाइते


