काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २२ सय रुपैयाँले वृद्धि भएको हो।
बिहीबार प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार बढेर २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ३ हजार २८० रुपैयाँ रहेको चाँदी आज ६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँ पुगेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यको उतार–चढावसँगै स्थानीय बजारमा पनि सुन–चाँदीका दर परिवर्तन भइरहने गरेको छ।


